दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
पैसा कमाउने, घर परिवार पाल्ने सुखी र खुसी हुने । अझ भनाैं गाउँको पहाडबाट सहरमा सर्ने अनि सहरमै घर बनाउने । परदेश लाग्दै गर्दा सबैको मनमा यस्तै यस्तै सपना हुन्छन् । त्यही ठूलो सपना बोकेर म पनि दुबईमा सेक्युरिटी कम्पनीमा काम गर्दैछु ।
तर अहिलेको परिस्थिती हेर्दा लाग्छ, पैसा कसका लागि कमाउनु ? के को लागि कमाउनु ? आखिर जिन्दगीभन्दा ठूलो पैसा होइन रहेछ । सायद यस्तै लागेको होला अरु परदेशीलाई पनि ।
तर मर्नुअघि नै खुट्टा तान्न हुँदैन भन्थे बुढापाकाले । हो रहेछ । काम गर्नैपर्छ ।
आफ्नो र परिवारको लागि परदेशी भूमिमा पसिना बगाईरहेको छु ।
यूएई भनेको नियम कानुन राम्रो भएको देश हो । यहाँ सुरक्षा छ । केही भइहाल्यो भने पनि उपचार पाउन सजिलो छ ।
तर पनि किन किन परदेशमा असुरक्षित महसुश हुन थालेको छ ।
लकडाउन होस् या कर्फ्यु, सेक्युरिटीको काम त चलिनै रहन्छ । सेक्युरिटी भनेको जे जस्तो मान्छे होस्, जुन सुकै देशको होस्, कुराकानी गर्नपर्छ । सहयोग गर्नैपर्छ।
त्यसैले कुनबेला को र कस्तो मानिससँग नजिक भइन्छ के थाहा ? यस्तै कारणले गर्दा म र मेरा साथीहरुलाई हिजोआज डर लाग्न थालेको छ । तर पनि आत्मबल बलियो बनाएर काम गरिरहेको छु । घर फर्कने वातावरण पनि त छैन ।
अझ भनौं, कम्पनीले राख्ने क्याम्पको सुरक्षा त झनै फितलो छ । गाडी, ट्वाइलेट, बाथरुम, किचेन आदि इत्यादि । फरक फरक काम गर्ने ठाउँबाट एकैपटक क्याम्पमा आयो ।
अटाइ नआटाइ किचेनमा छिरेर हतार हतार खाना बनायो । न कुनै सिस्टम न कुनै सुरक्षा । यस्तै सानातिना कुरामा डराउन पर्ने अवस्था छ । आफू मात्रै सुरक्षित हुन्छु भनेर पनि नहुने ।
तर पनि घर परिवारसँग कुरा गर्दा हाँस्दै हामी सुरक्षित छाैं, पीर नगर्नुस्, बरु आफ्नो ख्याल गर्नुस् भन्दै सम्झाउन परेको छ । अरुको सुरक्षामा खटिंदाखटिंदै के थाहा भाइरस सङ्क्रमण भइ पो हाल्ने हो कि ? आफ्नो गाउँठाउँ र आफन्तलाई भेट्नै नपाइने पो कि ?
आफ्नै माटोमा शरीर खरानी हुन नपाउने पो हो कि ? यस्ते सोचाइले दिमाग भरिन्छ काम गर्दा पनि । रहरले त होइन नि, पैसा कै कारणले यहाँसम्म आउन प¥यो । अब फर्कन पाए आफ्नै गाउँठाउँमा सानोतिनो इलम गरेर जिन्दगी कटाउने थिएँ ।
अहिले संसारभरी कोरोनाको कहर छ । तर आपत पर्दा आफ्नो देश भनेको आफ्नै हुन्छ । मेरो देशमा सबैथोक छ, तर त्यसलाई हाँक्ने रथ कमजोर भएकाले आज परदेशी बन्नु परेको होे । आज दुःखमा पनि एक्लै लड्नु परेको छ । सरकारले फर्क विदेसिएका युवा हामी दिन्छौं रोजगारी भने त सायद यो ठाउँका कोही बस्ने थिएनन् कि ।
अहिलेको समय भनेको मन दह्रो बनाएर भाइरससँग लड्ने बेला हो । त्यसैले म सबैलाई यही आग्रह गर्छु, जति पनि परदेशी भूमीमा पसिना बगाइरहनुभएको छ, हामी आत्तिनु हुँदैन । आज बाच्यौं भने भोलि आफ्नै देश फर्कौंला, गाईभैंसी पालौंला, पाखोपखेरो खनौंला ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।