नयाँ वर्षको दिन पहाडी क्षेत्रको केही ठाउँमा हुरीबतास सहित पानी पर्ने सम्भावना

 चैत ३०, २०७६ आइतबार ७:०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नयाँ वर्षको दिन भोलि (सोमबार) पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको आंशिक प्रभावले भोलि पहाडी क्षेत्रको मौसम आंशिक देखि सामान्य बदली भइ थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना  रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मध्य तथा पूर्वी पहाडी क्षेत्रको तुलनामा पश्चिमी पहाडी क्षेत्रमा अलि धेरै पानी पर्नेछ । आजलाई भने पहाडी क्षेत्रको एक/दुई ठाउँमा दिउँसोपछि एकैछिन पानी पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । तर एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्नेछ । यो प्रिमनसुन अर्थात मनसुनअघिको मौसमको विशेषता हो ।

आज तराईको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया