दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
सानो छँदा गरिबी र अभाव झेल्नु पर्यो । बाल्यकालदेखिको दुःख र अभाव हटाउने सपना बोकेर परदेश आएँ । कोरोनाको कहरले मेरो सपना सबै चकनाचुर पार्ने भयो । अहिले म कतारको दोहामा छु ।
देश छाडेर परदेश आउनुको एक मात्र कारण छैन । मुसहर समुदायमा जन्मिएर सानैदेखि दुःख, कष्ट भोग्दै हुर्किएँ । सन् २०११ मा पैसा कमाउन परदेशको बाटो मिल्यो । त्योबेला अत्यन्तै खुशी लागेको थियो । आफ्नो परिवारको लागि कमाउँछु भन्ने सोच्दा मात्र पनि त्यो बेला मन रमेको थियो ।
भविष्यको लागि केही गर्ने जोश जाँगरको साथ ऋण काढेर यहाँसम्म आए । कतारमा मैले सिलाईको दोकानमा काम पाएँ ।
अहिले पनि म यहाँ क्यासियरको काम गरिरहेको छु । काम पनि राम्रो नै भएकाले मैले जीवनमा एउटा मौका पाएको जस्तो लागेको थियो ।
समाजमा आफ्नो अलग पहिचान बनाउने र असल व्यक्ति र सफल व्यक्ति बनेर मुसहर समुदायमा उदाहरणीय बन्ने ठूलो सपना सजाएको थिएँ ।
छोराछोरीले राम्रो स्कुलमा पढेर मेरो सपनालाई साकार बनाउन सकून् भन्ने अठोट थियो ।
त्यसैले पनि दिन रात नभनी मेहनत, परिश्रम गरेर जसोतसो आफ्नो जीवनस्तरमा परिवर्तन ल्याउने प्रयास गर्ने क्रममा छु । तर अचानक कोरोनाले मेरो सपनालाई न राम्रोसँग चोट पुर्याएको छ ।
मनमा सपनाको साटो एक डर मडारिएको छ । कतै मैले सोचेको कुराहरु पूरा गर्न नसकिने हो कि ? कतै मैले पाएको जस्तै दुःख मेरा छोराछोरीले पनि पाउने हो कि ? यस्ता अनेकौं प्रश्नहरुले सताईरहेको छ ।
अहिलेको कतारको अवस्था हेर्दा त झन् मनमा एक किसिमको डरले बास गरेको छ । दिनहुँ कोरोना सङ्क्रमित संख्या बढिरहँदा यहाँको व्यपासर व्यवसाय सबै ठप्प नै छ । हरेक क्षेत्रमा नराम्रोसँग असर पार्न थालेको छ । झन् श्रमिकलाई घर पठाइदिने, तलब नदिनेजस्ता खबरहरु पढ्दा असाध्यै बेचैनी हुन्छ ।
म पनि बेरोजगारी हुने पो हुँ कि ? भइरहेको जागिर जाने पो हो कि ? यस्तै प्रश्नले निद्रा लाग्न छाडेको छ । कोरोनाको डर त्यति छैन, जति यस्तै कुराको चिन्ता छ ।
कतारको जागिर गएमा भोलि नेपाल फर्किए र के गर्ने ? कस्तो अवस्था हुने होला ? जीविकोपार्जनको लागि के काम गर्ने होला ? जागिर हुँदैन, आम्दानीको श्रोत हुँदैन कसरी जीवन चलाउने ? यो सब कुराहरु हरदम दिमागमा नाचिरहन्छ ।
कहिलेकाहीँ सोच्छु कोरोनाले गरिबको जीवनमा त एउटा सुनामी नै ल्याएको छ । मेरो एउटा छोरा र एउटा छोरी छन् । उनीहरुको भबिस्य राम्रो होस् भनेर राम्रो स्कुलमा पढाउँदैछु ।
उनीहरुको भविष्यमा असर त पर्ने हैन ? सरकारले देशमै रोजगारीको व्यवस्था गरिदिएको भए आज कोरोनाको यत्रो जोखिममा ज्यानको भन्दा कामको माया गर्नु पर्दैन थियो कि ?
खाडी र मलेसियामा मंगलबारको कोरोना अपडेट : सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो, सङ्क्रमणको शंका लागेमा यी नम्बरमा फोन गर्नुहोस् |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।