न्युयाेर्कमा २ घर पालुवा बिरालाेमा देखियाे काेराेना सङ्क्रमण

 वैशाख ११, २०७७ बिहीबार १२:४०:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको न्युयाेर्कमा दुई वटा बिरालोमा पनि कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमण पुष्टि भएको छ । सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा दुई वटा बिरालोमा कोरोना भएको पाइएको बीबीसीले जनाएको छ ।

सङ्घीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएकाे बिरालाेमा काेराेना भाइरसकाे सङ्क्रमण पाइएकाे याे पहिलाे घटना हाे । 

ती दुई बिरालाेमा कोरोना सङ्क्रमण मानिसबाट नै सरेको आशङ्का गरिएको छ । यसअघि न्युयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

अमेरिकी अधिकारीहरुका अनुसार जनावर मानिसबाट सङ्क्रमित हुनसक्ने तर अहिलेसम्म पालिएकाे जनावरबाट मानिसमा सङ्क्रमण सर्ने सङ्केत पत्ता लागेकाे छैन । 

यो पनि पढ्नुहोस्

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया