हामी सरकारले बनाएको नियममा बस्न तयार छौं, छिटै उद्धार गर्नुपर्‍याे

 वैशाख २१, २०७७ आइतबार १२:२९:१ | मेरो कथा मेरो भोगाई

चुडाराज रसाइली/धनकुटा, हाल कतार । 

हामी परदेशमा बसेकाहरुको पीडा कसैले नसुन्दा दुःख लागेको छ । यस्तो महामारीको बेला लकडाउन गर्नु ठिकै हो तर विदेशमा भएका आफ्ना नागरिकलाई समस्या परेको बेला आफ्नो जन्मभूमि फर्कन पाउनुपर्छ ।

सरकारले अरु देशको नागरिकलाई भिसा नदिओस् तर आफ्नो देशको नागरिकलाई जन्मभूमि र परिवारबाट अलग गर्नु उचित होइन ।

दुःख पर्दा सबैले आमा सम्झन्छ्न् । आफ्नो आमाबाटै टाढा बनाउने काम राम्रो हो र रु चीनमा भएका नेपालीहरुलाई स्वदेश ल्याउन मिल्ने तर अरु देशमा भएका नेपालीलाई किन मिल्दैन रु के खाडीमा भएका नेपालीहरु नेपाली होइनन् र ?

के उनीहरुलाई आफ्नो देश फर्किने अधिकार छैन र रु सरकारले नीति नियम बनाएर आफूखुशी स्वदेश फर्किन चाहनेहरुलाई नेपाल फर्किने वातावारण बनाइदिओस् । नेपाल सरकारसँग परदेशमा रहेका हामीहरुको आग्रह यही छ । 

हामी परदेशीहरु त लोभी मान्छेको बुढो गोरु जस्तै भयौं । कमाउन सक्दा हाइहाइ आपतमा पर्दा बाई । त्यहाँ गएर हामी सरकारले बनाएको नियममा बस्न तयार छौं । हामीहरुको तुरुन्तै उद्धार गर्नुपर्यो ।

 

 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Resham magar

    May 3, 2020, 7:53 p.m.

    भारतको मुम्बईमा धेरैलाई दु:ख छ ...खाना छैन, पैसा सकियो...उद्धार गर्नु ठीक होला सरकारले /

  •  0 Reply

तपाईको प्रतिक्रिया