चितवनको भरतपुर महानगरमा पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवा...
माघ १३, २०८१ आइतबार
महाेत्तरी – पहिचान हुन नसकेकाे रोगबाट १२ जनाको ज्यान गएपछि महोत्तरीमा विशेषज्ञ टोलीले अनुसन्धान सुरु गरेको छ । बर्दिबास नगरपालिका १२ र बर्दिबाससँगै सीमा जोडिएको भङ्गहा नगरपालिका ६ र ७ मा १२ जनाको ज्यान गएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाण्डाैकाे टोली महोत्तरी पुगेर के राेगकाे कारण ज्यान गएकाे हाे भन्नेबारेमा अनुसन्धान सुरु गरेको छ ।
विशेषज्ञ टोलीले स्क्रिनिङ र अनुसन्धानको काम थालेको र्यापिड रेस्पोन्स टिम कोभिड– १९ का स्रोत व्यक्ति गिरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाएकामध्ये दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ भएको छ । अरु १० जनाको रिपोर्ट आउन बाँकी छ ।
घटनाबारे थप अनुसन्धान गर्न धरानबाट समेत विज्ञ टोली खटिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।