सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विश्वका जुनसुकै क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले अलपत्र नागरिकलाई उद्धार नगर्ने भन्ने सरकारको कुनै मनसाय नरहेको पनि प्रष्ट पार्नुभयो ।
‘हामी नेपाली हौँ, कुनै पनि नेपाली देश वा विदेशमा अलपत्रमा परेको छ भने हामी संवेदशनीलताका साथ उनीहरुलाई उद्धार गर्छौं’, अलपत्र नेपालीलाई उद्धार गर्ने मावनीय विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘अलपत्र नेपालीलाई स्वेदश ल्याउन सरकारको तर्फबाट कुनै कसर बाँकी राखिँदैन ।’
सर्वोच्च अदालतको परमादेशलाई सरकारले सकारात्मक रुपमा लिएको बताउँदै उहाँले कोरोना प्रभावित मुलुकबाट उद्धार गरेर ल्याउँदा अन्य नागरिकलाई असर नपर्ने गरी ल्याउने तयारी भइरहेको बताउनुभयो ।
‘नेपाललाई सुरक्षित राख्नुपर्छ, विदेशबाट नेपाली ल्याउँदा भावनामा बगेर मात्रै हुँदैन’, मन्त्री यादवले भन्नुभयो,‘नेपालमा सङ्क्रमण फैलने अवस्था आउन नदिन उनीहरुलाई सम्बन्धित मुलुकमा नै स्वास्थ्य परीक्षण गरी कोभिड–१९ सङ्क्रमण नभएको सुनिश्चित गरेर भित्रियाउनुपर्छ ।’
विदेशमा कति नागरिक छन् भन्ने यकिन तथ्याङ्क नहुँदा समस्या भइरहेको भन्दै उहाँले विदेशमा रहेका सबै श्रमिकको दर्ता गर्ने कामको थालनी गरिएको बताउनुभयो।
‘कुन देशका कहिले गएको हो, के काम गर्ने हो ? उनीहरुको रहदानीदेखि नागरिकता नम्बरसम्म विवरण रहेका प्रश्नावली बनाएर पठाएका छौँ’, उहाँले भन्नुभयो, ‘उसको सीप के हो ? कति दिन देखि काम गरेको हो, कोरोनाबाट सङ्क्रमित भएको हो वा होइन भन्ने सबै विवरण भर्न मिल्ने गरी फारम बनाएका छौँ ।’ परराष्ट्रमन्त्रालयमार्फत श्रमिककको दर्ता गर्ने प्रक्रिया शुरु भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा समितिका सदस्य देवेन्द्र पौडेलले परराष्ट्र र श्रम मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकलाई नेपाल सरकार हाम्रो साथमा छ भनेर विश्वस्त पार्न सक्नुपर्ने बताउनुभयो । ‘खाडी र अन्य मुलुकमा त्रास कायमै छ, नेपाली आतङ्कित भएको खबर सार्वजनिक भइरहेका छन्’, उहाँले भन्नुभयो, ‘अहिल्यै सबै नागरिक फिर्ता ल्याउन सकिँदैन तर सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरेर आपतमा परेका नागरिकलाई स्वदेश फर्काउने ढङ्गबाट काम गर्नुपर्छ ।’
सांसद बिन्दा पाण्डेले कोभिड–१९ का कारण अलपत्र परेर नेपाल आउन चाहनेको यकिन तथ्याङ्क कुनै पनि निकायले दिन नसक्दा जोखिमपूर्ण अवस्थामा कति नागरिक छन् भनेर भन्न नसकिएको बताउनुभयो ।
विदेशमा अलपत्र गर्भवती, बच्चाका आमा, अवैधानिक बसोबास गरिरहेका, बिरामी तथा विद्यार्थीको तथ्याङ्क तत्काल सङ्कलन गर्नुपर्नेमा जोड दिँदै उहाँले सम्बन्धित मुलुकमा रहेको नेपाली नियोग र गैरआवासीय नेपाली सङ्घले जोखिमम रहेको नागरिकको पहिचान गर्नुपर्ने बताउनुभयो ।
सांसद सुजाता परियारले विदेशमा रहेका नेपालीको सही तथ्याङ्क सरकारले दिन जरुरी रहेको भन्दै अलपत्र नागरिकलाई स्वदेश फर्काउन सरकारको तर्फबाट कस्तो पहल भइरहेको भन्दै जिज्ञासा राख्नुभएको थियो । विदेशमा रहेका कतिपय नागरिक कोरोना सङ्क्रमित भए पनि उपचार पाउन नसकेको गुनासो आइरहेको भन्दै उहाँले तत्काल कूटनीतिक पहल गरी उपचारको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Debindra katuwal
May 8, 2020, 7:41 p.m.तर कहिले मन्त्री ज्यु?ज्युदै फर्काउने कि मरिसकेपछी कफिन मा राखेर फर्काउने?????? हाल कतार