चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ - भनिन्छ, १२ वर्षमा खोला पनि फर्कन्छ । अहिले गाउँघरमा खेतबारी हरियो बनाउने युवा शक्ति फर्किएको छ । कोरोना भाइरसको जोखिम बढेपछि सहरमा रहेका धेरै मानिस गाउँ फर्किएका छन् । लामो समयपछि गाउँ फर्किएकाहरु आफ्नो खेतीपातीमा व्यस्त छन् ।
काम र अध्ययनका लागि सहर पसेकाहरु गाउँ फर्किएसँगै गाउँको मुहार नै फेरिएको छ । कुनै बेला काम गर्ने कोही नहुँदा बाँझो बसेको जमिनमा अहिले लहलह मकै हुर्किएका छन् । उजाड हटेको छ र जताततै हरियाली छ ।
के बाली लगाउने ?
खनजोत गरेर चिटिक्क पारिएको जमिनमा के लगाउने ? नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ कृषि विज्ञ हरिकृष्ण उप्रेती भन्नुहुन्छ, ‘यतिबेला बाली लगाउने उपयुक्त समय हो । आफ्नो ठाउँको हावापानीअनुसार आफूले चाहेको बाली लगाउन सकिन्छ ।’
पहिला जे खेती गरिएको थियो अहिले बाँझो जमिनमा त्यही खेती गर्न सकिन्छ । निर्वाहमुखी खेती गर्ने कि व्यवसायिक खेती गर्ने भन्नेबारे निक्र्यौल गरेपछि बाली लगाउनुपर्छ ।
निर्वाहमुखी खेतीमा धान, मकै र गहुँलगायतका बाली लगाउन सकिन्छ भने व्यवसायिक खेतीको लागि तरकारी, घाँसेबाली, फलफूल, पशुपालन र माछापालन गर्न सकिन्छ । यसका लागि खेती थाल्नुपूर्व बजारको अवस्थाबारे ज्ञान राख्नुपर्छ ।
अहिले हरेक गाउँपालिकामा कृषि प्राविधिक खटिएकाले बाली लगाउनु र पशुपालन सुरु गर्नुअघि विज्ञसँग सल्लाह, सुझाव लिनुपर्छ । यतिबेला लगाउन सकिने बाली र बजारबारे राम्रो ज्ञान भएपछि व्यवसायिक खेती गर्दा राम्रो कमाइ गर्न सकिने कृषि विज्ञ उप्रेतीले बताउनुभयो ।
व्यवसायिक पशुपालन गर्ने हो भने पहिला घाँस लगाउनुपर्छ । पशुलाई आवश्यक पर्ने घाँस तयार पारेपछि मात्रै पशुपालन गर्न विज्ञको सुझाव छ ।
यस्तै, भिरपाखा भएको र सम्याउन नमिल्ने पाखाबारीमा फलफूल र डाले घाँसको खेती गर्न सकिन्छ । पहिरो जाने ठाउँ छ भने अम्लिसो, पाउलोनिया र बाँस लगायतका बोटबिरुवा रोप्न सकिन्छ । यसले पहिरो रोकथाम गर्न सहयोग गर्नुका साथै आम्दानी पनि बढाउँछ ।
यस्तै, सुर्कासुर्की जमिन छ भने अदुवा, बेसार, अलैँची र कफीलगायतका बिरुवा लगाउनुपर्छ । तर बिरुवा लगाउँदा उपयुक्त हावापानीबारे किसानले प्राविधिकसँग सल्लाह लिनुपर्छ ।
बाँझो जमिनमा कस्तो उत्पादन ?
सुरुमा बाँझिएको जमिनमा खनजोत गर्न गार्हो हुन्छ । यस्ता जमिनमा खनजोत अघि सिँचाइ गर्नु उपयुक्त हुन्छ । पानीले भिजेको जमिन कमलो हुने हुँदा खनजोत गर्न केही सजिलो हुन्छ ।
पहिलो वर्षमा झारपात र बुट्यान धेरै उम्रिने भएकाले हटाउन केही कठिनाइ हुन सक्छ । बाँझो जमिनमा पहिलो बालीमा उत्पादन राम्रो हुन्छ । यसमा उम्रिएका झार तथा कुहिएका पातपतिङ्गरले माटोलाई मलिलो बनाएको हुन्छ ।
यसले गर्दा प्राङ्गारिक पदार्थ माटोमा प्रशस्त हुन्छ । जसले पहिलो बालीको उत्पादन बढ्छ । तर दोस्रो बालीदेखि प्रशस्त मात्रामा प्राङ्गारिक मल राख्नुपर्ने विज्ञ उप्रेती बताउनुहुन्छ । बाँझो जमिनमा गोरु वा ट्याक्टर जेले जोते पनि हुन्छ । ट्याक्टरले जोतेको खेतबारीमा उत्पादन कम हुने भ्रम रहेपनि त्यसो नहुने विज्ञ बताउँछन् ।
सहयोग गर्न सरकार तयार
बाँझो जग्गामा खेती गर्न चाहने किसानलाई गोरखाको बारपाक–सुलिकोट गाउँपालिकाले अनुदान दिने भएको छ । जमिनको क्षेत्रफल र लगाइने बालीको आधारमा अनुदान रकम वितरण गरिने छ ।
यस्तै, पाल्पाको रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका र माथागढी गाउँपालिकाले कोरोना सङ्क्रमणको कारण उत्पन्न हुन सक्ने खाद्य सङ्कट टार्न कृषि उत्पादनमा जोड दिँदै बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने निर्णय गरेका छन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकाले पनि ४० मुरीभन्दा धेरै धान उत्पादन गर्ने परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । यसरी कृषि क्षेत्रलाई विस्तार गर्न धेरै पालिकाले प्रोत्साहन दिन थालेका छन् ।
अहिले प्रदेश सरकारले कृषिको लागि ५० लाख रुपैयाँसम्म अनुदानको व्यवस्था गरेको छ । विभिन्न प्रदेश सरकारले कृषिको उत्पादन बढाउन र युवालाई प्रोत्साहन दिन उत्पादनमा आधारित कार्यक्रम पनि ल्याएका छन् । यस विषयमा सम्बन्धित किसान चनाखो हुनुपर्नेमा विज्ञको सुझाब छ ।
अहिले विदेश वा सहरबाट गाउँ फर्केका युवालाई प्राविधिक सेवा दिनुपर्ने खाँचो छ । युवाकै लागि भनेर विभिन्न परियोजना सरकारले ल्याएको छ । यस विषयमा पनि सम्बन्धित व्यक्ति सचेत हुनुपर्नेमा विज्ञको जोड छ । सरकारले व्यवसायिक खेती र पशुपालनका लागि अनुदान दिएकोले यसबारे आफूलाई आवश्यक परे प्राविधिक वा विज्ञसँग सल्लाह लिन सकिन्छ ।
यस्तै, व्यवसायिक कृषि कर्म गर्ने किसानलाई नेपाल कृषि अनुसन्धान परिषद्ले आवासीय तालिम दिँदै आएको छ । आफूलाई परेको समस्या वा बालीबारे नार्कको पैसा नलाग्ने नम्बर ११३५ मा सम्पर्क गरेर पनि जानकारी लिन सकिन्छ ।
आउँदो वर्षको नीति तथा कार्यक्रममा सरकारले बाँझो जमिन खेर जान नदिने रणनीति लिएको छ । भूमि बैंक स्थापना गरी खाली जमिनलाई उपयोग गर्ने सरकारको नीति छ ।
यस्तै कृषि क्षेत्रमा थप आधुनिकीकरण, यान्त्रिकीकरण र विशिष्टीकरण गरी उत्पादकत्व तथा उत्पादन वृद्धिमा जोड दिइने नीति तथा कार्यक्रममा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।