चितवन दुर्घटना अपडेट : ज्यान गुमाएका दुवै जनाको पहिचान खुल्यो
मंसिर १०, २०८१ सोमबार
लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका ७ काे कृषि क्याम्पस हाताभित्र बनाइएको जिल्लास्तरको क्वरेण्टीनमा आइतबारसम्म १४ जना रहेका छन् ।
पछिल्लो समय विभिन्न ठाउँबाट आएका आठ जना पुरुष र ६ जना महिला गरी १४ जना जिल्लास्तरको क्वरेण्टीनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्वरेण्टीनकाे रेखदेख लमजुङकाे नेपाली सेनाको श्रीजंग गणले गरेको छ ।
लमजुङमा अहिलेसम्म क्वरेण्टीनमा बस्नेको सङ्ख्या चार सय ४२ रहेकोमा तीन सय ४५ घर फिर्ता भइसकेको र आइतबारसम्म ३४ महिला र ६३ पुरुष गरी ९७ जना विभिन्न क्वरेण्टीनमा रहेको पनि उहाँले बताउनुभयो ।
लमजुङमा एक हजार १४ क्षमताका ७६ क्वरेण्टीन रहेका छन् । अहिलेसम्म तीन सय २९ जनाको आरडीटी र ५३ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको शाहीले बताउनुभयो । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि लमजुङलाई शुक्रबार राति १२ बजेदेखि जेठ ५ गतेसम्मका लागि सिल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं क्राइसिस म्यानेजमेन्ट सेन्टर (सङ्कट व्यवस्थापन केन्द्र) का संयोजक लक्ष्मणबहादुर खड्काको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रको बैठकको निर्णयअनुसार जेठ २ गते राति १२ बजेदेखि ५ गते राति १२ बजेसम्म लागू हुने गरी जिल्ला सिल गरिएको हाे ।
अहिले लमजुङमा एम्बुलेन्स, शव वाहन, दमकल, अत्यावश्यक कामका लागि अनुमति प्राप्त सवारी साधनहरुबाहेक अन्य सवारी साधन तथा मानिसहरुको आवागमन पूर्णरुपमा बन्द गरिएको छ । षधि पसल र अत्यावश्यक खाद्य सामाग्री बिक्री गर्ने पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ला गरिएका छन् । बैंक, वित्तिय संस्था, विमा, सहकारीलगायतका सबै सेवाहरु अहिले बन्द छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।