यू–१९ महिला विश्वकप : अष्ट्रेलियाले स्कटल्याण्डलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा पनि भारतसँग कुरा गर्न डराएको बताउनुभएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा शाहीले जङ्गबहादुरपछिको शक्तिशाली प्रधानमन्त्री सीमा अतिक्रणका विषयमा भारतसँग कुरा गर्न डराउनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, 'जङ्गबहादुरपछि शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली नै हुन् तर चिनियाँहरुले पुलिस कुट्दा, भारतले भूमि लुट्दा र सीमामा जनता छुट्टिँदा हाम्रो प्रधानमन्त्री ज्यू ! एक कल फोन गर्न भारतको बडे भैयासित डराउनुहुन्छ ।'
सांसद शाहीले कोरोना महामारीको विषयमा कुरा गर्न खोज्दा उपप्रधानमन्त्रीले सांसदहरुलाई नचिनेको बताउनुभयो । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘एउटा देशको रक्षा मन्त्री/उपप्रधानमन्त्रीले सांसदलाई चिन्दैन । देशमा यस्तो अवस्था छ, हामीले देशको रक्षा मन्त्री खोज्दै गर्दा उहाँको स्वकीय सचिवले हामीलाई जवाफ दिनुहुन्छ । रक्षा मन्त्रीलाई मोबाइलबाट त कोरोना सर्दैन होला ?'
सरकारले निर्माण गरेको कोरोना कोषमा सांसदहरुले पनि एक महिनाको तलब दिएको बताउँदै उहाँले मन्त्रीहरुका कारण आफूहरुले गाली खानुपरेको बताउनुभयो । मन्त्रीहरुले आफ्नै खल्तीबाट राहत बाँडेजस्तो गरी कार्यकर्ता पाल्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
‘मन्त्रीहरुले जम्बो टोली सचिवालयमा कर्मचारीहरु भर्ना गर्ने अनि सांसदले गाली खाने । डिजेल, पेट्रोल मन्त्रीहरुले खाने अनि सांसदहरुले गाली खाने । फजुल खर्च मन्त्रीहरुले गर्ने, गाली सांसदहरुले खाने । जनतामुखी बजेट ल्याउन नसक्ने, कार्यकर्ता पाल्ने बजेट ल्याउने अनि सांसदले गाली खाने, दशैँ मन्त्रीहरुले मनाउने, गाली खाने सांसद', उहाँले भन्नुभयो ।
मान्छे मरेपछि कोरोना परीक्षण भइरहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई देशलाई आइसोलेशनम कहिलेसम्म राख्नुहुन्छ ? भनेर प्रश्न गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।