गाजामा युद्धविराम सम्झौता भएकोमा नेपालद्वारा स्वागत

 माघ ५, २०८१ शनिबार ६:२८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गाजा क्षेत्रमा १५ महिनादेखि युद्धरत इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएकोमा नेपालले स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम  सम्झौता भएकोमा स्वागत गरेको हो । मन्त्रालयले मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।

मन्त्रालयले नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको उल्लेख गर्दै अहिलेको महत्त्वपूर्ण सम्झौता गराउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति आभार प्रकट गरेको छ ।

अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्तामा बिहीवार बिहान युद्धविराम सम्झौतामा सहमति जुटेको हो । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भोलि आइतवारदेखि लागू हुनेछ ।
 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया