१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपीएफले अन्तिम स्थानमा रहेको स्याङ्जाको वालिङ नगरपालिकालाई फराकिलो अन्तरले हराएको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एफीएफले वालिङलाई १०–० गोलले हरायो । पहिलो हाफमा ६ गोल गरेको एपीएफले दोस्रो हाफमा ४ गोल थप्यो ।
दोस्रो चरणको खेल चलिरहँदा एपीएफले लगातार ६ जीतसहित १८ अङ्क जोडेको छ । वालिङले लगातार ६ हार बेहोरेको छ । एपीएफसहित दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्लेअफमा स्थान बनाइसकेका छन् । प्लेअफ पुग्ने चौथो टोलीका लागि बाग्मती युथ क्लब र वालिङ प्रतिस्पर्धामा छन् ।
एन्फा महिला लिगको पहिलो चरणमा १० टोली रहेकामा दोस्रो चरणमा ५ वटा टोली पुगेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।