१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – आकर्षक रोजगारीको प्रलोभनमा पारी लाओसको गोल्डन ट्रयांगलमा पुर्याएर गैरकानूनी काम गर्न बाध्य पारिएका एक जना नेपाली नागरिकलाई थाइल्यान्डबाट स्वदेश फर्काइएको छ ।
लाओसको गोल्डन ट्रयांगलबाट भागेर थाइल्यान्ड छिरेका ती नेपाली नागरिकलाई थाई सरकारी निकायको सहयोगमा आज नेपाल फर्काइएको बैंककमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।
दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान, कसैको प्रलोभन परी कानून विपरीत छिटो धेरै पैसा कमाउने उद्देश्यले कम्बाेडिया, लाओस, म्यानमार र थाइल्यान्डलगायत कुनै पनि देशमा वैदेशिक रोजगारीका लागि नजान अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।