मानव अधिकार आयाेगले सरकारलाई गरेका सिफारिशमध्ये १३.६७ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन

 माघ ४, २०८१ शुक्रबार १८:२३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेको सिफारिशमध्ये १३ दशमलव ६७ प्रतिशत मात्रै पूर्णरूपमा कार्यान्वयन भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिको आजको बैठकमा अध्यक्ष मगरले आयोगले सरकारलाई पीडकलाई कारबाही र पीडीतलाई क्षतिपूर्ति दिनका लागि गरेका सिफारिश कार्यान्वयन नहुँदा आयोगप्रतिको आस्था घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले आयोगका सिफारिश कार्यान्वयनका लागि सरकारले समिति गठन गरेको भए पनि सन्तोषजनक काम नभइरहेको गुनासाे गर्नुभयाे ।

अध्यक्ष मगरका अनुसार चालू आर्थिक वर्षमा अहिलेसम्म आयोगमा ३१ वटा उजुरी दर्ता भएको छ । आयोगले यो अवधिमा २६ वटा उजुरीका सम्बन्धमा सरकारलाई सिफारिश गरेको तथा ३४ वटा उजुरी तामेलीमा राख्ने तथा खारेजी गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । आयोगमा अहिले एक हजार एक सय ९८ उजुरी निर्णयको प्रक्रियामा रहेकाे छ ।

अध्यक्ष मगरले आयोगले मानव अधिकार उल्लङ्घनसम्बन्धी उजुरीहरूका सम्बन्धमा सरकारलाई गरेको सिफारिश कार्यान्वयनका लागि पहल गरिदिन समिति समक्ष अनुरोध गर्नुभयो ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया