चितवनको भरतपुर महानगरमा पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवा...
माघ १३, २०८१ आइतबार
महोत्तरी – महोत्तरीको भङ्गहा नगरपालिकामा एक पुरुषमा कोरोना पुष्टि भएपछि सीतापुर बजार क्षेत्र सिल गरिएकाे छ ।
भङ्गहा नगरपालिका ६ का ३५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले बजार क्षेत्रलाई सिल गरी आवात जावतमा रोक लगाएकाे छ ।
भारतबाट १० दिन अगाडि नेपाल फर्किएपछि सीतापुर बजारकाे माध्यमिक विद्यालयको क्वरेण्टीनमा बस्दै आउनुभएका पुरुषमा कोरोना पुष्टि भएको हो । उहाँलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वरामा रहेको आइसोलेशनमा पठाइएको भङ्गहा नगरपालिका प्रमुख सञ्जिवकुमार शाहले बताउनुभयाे ।
प्रमखु शाहका अनुसार सीतापुर बजारकाे क्वरेण्टीनमा अहिले भारत तथा अन्य देशबाट आएका ७२ जना रहेका छन् । त्यस्तै नगरका ६ वटा क्वरेण्टीनमा तीन सयभन्दा बढी बस्दै आएकाे नगरपालिकाको कार्यालयले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी गिरेन्द्रकुमार झाका अनुसार मङ्गलबर महोत्तरीमा कोरोना सङ्क्रमण पुष्टि भएका दुई जना पुरुषमध्ये एक जना मनरा सिस्वा नगरपालिका र एक जना भङ्गहा नगरपालिकाका हुन् ।
दुवैलाई अहिले जलेश्वरकाे आइलेशन कक्षमा भर्ना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय जलेश्वरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।