दैलेख : क्वरेण्टीनमा शिशुको जन्म

 जेठ १७, २०७७ शनिबार ९:१३:३८ | अमर सुनार
unn.prixa.net

दैलेख - ठाँटीकाँध गाउँपालिका-२ जौंचरकी २२ वर्षीया मीना बिकले शनिबार क्वरेण्टीनमा एक शिशुलाई जन्म दिनुभएको छ ।

ठाँटीकाँध गाउँपालिका-२ को जनता प्रावि, टम्टला क्वरेण्टीनमा उहाँले पहिलो सन्तान छोरीलाई जन्म दिनुभएको वडाध्यक्ष रूपलाल बिकले जानकारी दिनुभयो ।
सुत्केरी मीना र नवजात शिशुको स्वास्थ्य रेखदेखका लागि लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

तीन वर्ष अघि विवाह गर्नुभएकी मीना उहाँ श्रीमान् मनबहादुर बिक भारतको पौडीगढवालबाट १४ गते ठाँटीकाँध आइपुग्नुभएको हो । 

नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य राम्रो रहेको र उहाँहरुको पीसीआर जाँच्न बाँकी रहेकोे स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मीकुमारी रावत बुढाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया