जुम्लामा दुई प्रहरीसहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ १९, २०७७ सोमबार ६:४३:५ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाका १७ जना र दुई जना प्रहरी गरी १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । 
प्रतिष्ठानको प्रयोगशाला बिभागले आइतबार मध्यरात सार्वजनिक गरेको प्रतिवेदन अनुसार जुम्लामा १९ जना र दैलेखका थप २४ जनामा कोरोना पोजेटिभ भएको छ । 

स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिनेमा जुम्लाको हिमा गाउँपालिकाका ८ जना, सिञ्जा गाउँपालिकाका ९ जना र नेपाल प्रहरी २ जना रहेका प्रतिवेदनमा उल्लेख छ । 
जुम्ला  हिमा गाउँपालिकाका वडानं १ का ३६ बर्ष र ६३ बर्षका पुरुष,  वडा नं ६ का २३ वर्षीय पुरुष, वडा वडा नं ५ का २६,२३,४३,४६ बर्षका पुरुष, वडा नं ७ का ५९ वर्षीय पुरुष गरि ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

 सिञ्जा गाउँपालिकाका वडा नम्बर ३ का २४ वर्षीय पुरुष, वडा नम्बर ४ का २३, २३ र २१ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, ३६ वर्षीय पुरुष वडा नम्बर ६ का ४५,३१  १२ वर्षीय पुरुष गरि  ९ै जनामा कोरोना पोजेटिभ देखिएको छ । 

यसैगरी कर्णाली प्राविधिक शिक्षालयको क्वरेन्टीनमा खटिएका २ जना प्रहरीमा समेत कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानको प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया