डोल्पाका ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणकाे कारण मृत्यु भएकाे पुष्टि

 जेठ २४, २०७७ शनिबार १४:२७:३४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – डोल्पामा ज्यान गुमाउनुभएका ५८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय पुरुषको गएको जेठ २० गते होम क्वरेण्टीनमै मृत्यु भएको थियो  । उहाँको स्वाब परीक्षण गर्दा कोरोना रिपाेर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । प्रतिष्ठानले प्रकाशन गरेको विज्ञप्तिमा उहाँ अस्थायी रुपमा सुर्खेतमा बसोवास गर्दै आउनुभएकाे र २०७७ जेठ १६ गते डोल्पा (घर) गएर होम क्वरेण्टीनमा बस्नुभएकाे उल्लेख छ । 

उहाँको जेठ २२ गते स्वाब सङ्कलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल ल्याइएको थियो । पीसीआर विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ आएको निर्देशक मङ्गल रावलले जानकारी दिनुभयो । 

प्रतिष्ठानले घटनास्थल भौगोलिक दुरीले टाढा भएकाेले त्यहाँका स्थानीयको समन्वयमा मृतककाे सम्पर्कमा आएका अन्यको खोजी गरिने बताएको छ । योसहित कर्णालीमा कोरोना सङ्क्रमणकाे कारण मृत्यु हुने सङ्ख्या तीन पुगेको छ । यसअघि सुर्खेतमा एक र दैलेखमा एक जनाको कोरोनाकाे कारण मृत्यु भएको पुष्टि भएको छ ।  

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया