भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फि...
माघ ११, २०८१ शुक्रबार
महोत्तरी - महोत्तरीको गौशालामा मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ ।
सोमबार गौशाला वडा नम्बर १० का ४० वर्षीय डोमी मण्डलको मृत शरीरको आरडीटी परीक्षण गर्दा रिपोर्ट निगेटिभ आएको गौशाला नगरपालिका कार्यालयले जनाएको छ ।
रिपोर्ट निगेटिभ आएपछि मृतक मण्डलको शवलाई दाहसंस्कारका लागि परिवारजनलाई जिम्मा लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डाक्टर रविन्द्रकुमार कुशवाहाले बताउनुभयो ।
भारतबाट आई गौशालाको क्वरेण्टीनमा बस्दै आएका मण्डललाई गएको शनिबार पीसीआर रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।