अप्ठेराे बेलामा राष्ट्र नै एक भयो, खुसी लागेको छ : प्रधानमन्त्री ओली

 जेठ २८, २०७७ बुधबार १२:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय र अरु जटिल विषयमा देखिएको राष्ट्रिय एकताको प्रशंसा व्यक्त गर्नुभएको छ ।

मङ्गलबार संविधान संशोधनको विधेयेकमा प्रतिपक्षीले पनि समर्थन गरेको र सरकारको प्रसंशा गरेकोमा प्रधानमन्त्रीले धन्यवाद दिनुभयो र खुसी व्यक्त गर्नुभएको हो ।

संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले दलीय व्यवस्थामा यस्ता राष्ट्रिय एकता कहिलेकाँही मात्रै देख्न पाइने तर नेपालको सन्दर्भमा देशलाई अप्ठेराे पर्दा राष्ट्रिय एकता दिइहाल्ने गरेको र सबैले जिम्मेवारीबोध गर्ने अत्यन्तै राम्रो चलन रहेको बताउनुभयो ।

राष्ट्रियताको पक्षमा बौद्धिक समाज, नागरिक, सञ्चारमाध्यमलगायतले गरेका पहल पनि उदाहरणीय रहेको प्रधानमन्त्रीको भनाइ छ ।

तर कहिलेकाहीँ राष्ट्रिय एकताको व्यवधान नपर्ने गरी असहमति देखा पर्ने गरेको तर जनभावना अनुसार देशलाई अघि बढाउने गरी असहमति नभएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया