नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
डोटी – डोटीमा भारतबाट फर्किएका २० जनामा साेमबार कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सोमबार धनगढी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै डोटीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ३७ पुगेको छ ।
३७ जना सङ्क्रमितमध्ये चार जना जिल्लाबाहिरका हुन् । सोमबार पुष्टि भएका २० जनामध्ये शिखर नगरपालिकाका १७ जना रहेका छन् भने दुई जना आदर्श गाउँपालिका र एक जना पूर्वीचौकी गाउँपालिकाका रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
निर्देशनालयका अनुसार शिखर नगरपालिका वडा नम्बर ३ का ३९, ३५, ३४, ३२, २५, २१, १८, १८, २२, ३०, १८, २३, १८, २० वर्षीय पुरुष र ३५ वर्षीया एक महिला गरी १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी शिखर नगरपालिका ६ का २४ र ४३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित १७ जनामध्ये १६ जना नगरपालिकाको आइसोलेशन र एक जना जिल्ला अस्पतालको आइसोलेशन वार्डमा रहेका छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।
त्यस्तै आदर्श गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय पुरुष र वडा नम्बर ३ का ६२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित दुवै जनालाई गाउँपालिकाको आइसोलेशनमा राखिएकाे छ ।
पूर्वीचौकी गाउँपालिका वडा नम्बर ७ का २१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । उनी सम्बन्धित गाउँपालिकाको आइसोलेशनमा रहेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।