अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा सर्वोच्चको फैसला
माघ ५, २०८१ शनिबार
काठमाण्डाै - नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता राधेश्याम अधिकारीले भारतसँग वार्ताको समान हैसियत कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।
नेपालको नयाँ नक्सालाई निशान छापमा समावेश गर्न प्रस्तुत संविधान संशोधनमाथिको छलफलमा उहाँले भारतसँग वार्ताको समान हैसियत बनाउन पनि संशोधन आवश्यक रहेको बताउनुभयो । भारतले आफ्नो संसदबाट नक्सा जारी भएपछि पछाडि हट्न नसकिने बताइरहँदा नेपालको संसदले पनि आफ्नो नक्सा पारित गरेपछि वार्ताको समान हैसियतमा पुगिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भारत भन्छ, हाम्रो संसदले पारित गरेको नक्साबाट हामी फर्कन सक्दैनौँ । किन भने हाम्रो संसदले अनुमोदन गरेको छ । यदि हामीले आज यो नक्सा बनाएनौँ भने स्टाटसको एन्टी कसरी हुन्छ ? पूर्वावस्थामा वार्तामा बस्दा तिम्रो पनि संसदले नक्सा पास गरेको छ, हाम्रो पनि संसदले नक्सा पास गरेको छ भन्न पनि यो जरुरी भयो । फेरि पनि कुरा गर्न पर्याे नि भन्न स्टाटसको एन्टीमा पुर्याउन पनि यो जरुरी भयो ।’
अधिकारीले आज संसदबाट नक्सा पास गरी भोलि कालापानीमा गएर लड्ने नभइ वार्ताबाट नै सबै समस्या समाधान गरिने बताउनुभयो । नेपालको मूल लक्ष्य कालापानीबाट भारतीय सेना फिर्ता गरी नेपालको नागरिक शासन लागू गर्नुभएको उहाँले बताउनुभयो ।
उहाँले वार्तामा जानका लागि नेपालको तर्फबाट बोलीमा संयम अपनाउन गरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोलीमा किन तिक्तता ल्याउने? यो आवश्यक छैन । असंयमित भाषा, टिप्पणी गर्नु नेपालको स्वभाव पनि होइन र यो विवादलाई अब स्थानीयकरण गरौँ । बाँकी अरु कुराहरुमा नेपाल भारतको मित्रतालाई अगाडि बढाउने हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।