लकडाउनमा थन्क्याइएका गाडी चलाउनुअघि यी कुरामा ध्यान दिनुहोस्

 असार ९, २०७७ मंगलबार १५:४:२३ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरस (काेभिड–१९) काे प्रकाेपकाे कारण अहिले विश्व नै आक्रान्त भइरहेकाे छ । नेपालमा पनि सङ्क्रमणकाे अवस्थालाई ध्यानमा राखी लकडाउन गरियाे र लकडाउनकाे ​मोडालिटीमा केही परिर्वतन भएपछि निजी गाडीहरु जोर र बिजोर नम्बर प्लेटको आधारमा चल्न थालेका छन् ।

सार्वजनिक गाडी पनि अब चलाउने तयारी भइरहेकाे छ । यसरी लामाे समयसम्म पार्किङमा थन्क्याइएका गाडी चलाइहाल्ने अवस्थाका हुँदैनन् । लामाे समयसम्म पार्किङ गरेर राखेको गाडी चलाउनुभन्दा अगाडि राम्रोसँग जाँच गर्नुपर्छ ।

लकडाउनपछि गाडी चलाउनुअघि ​सिप्रदी ट्रेडिङ प्रालीले दिएका १० सुझाव : 

१. कोरोना भाइरस फैलिन नदिन गाडीलाई स्यानिटाइज गर्ने ।

  •  यात्रुसँग सम्पर्कमा आएका गाडीका सबै​भागहरु जस्तै ह्यान्डल, पिलर, सिट, आर्म रेस्ट, हात राख्ने ठाउँ, सिसा आदिलाई राम्रोसँग स्यानिटाइज गर्नुपर्छ ।
  • गाडी सफा गर्न जानेले एप्रोन, मास्क, पन्जा, सेफ्टी सुज, चस्मा प्रयोग गर्नुपर्छ ।
  • स्प्रे उपकरणको प्रयोग गरी इन्फेक्सन हुन सक्ने क्षेत्रहरुमा सिधै स्प्रे गर्नुहोस् ।
  • आवश्यक परेमा सफा तथा सुख्खा कपडाको प्रयोग गरी त्यसलाई पुछ्नुहोस् ।
  • सफाइमा प्रयोग भएका कपडाहरुलाई सुरक्षित ठाँउमा नष्ट गर्नुपर्छ । 

२. बाह्य वस्तुको प्रवेशबाट हुन सक्ने सम्भावित खतराको लागि एयर इनटेक प्रणालीको जाँच गरौँ । 

३. इन्टर कुलर तथा रेडियटरमा कतै लिकेज भएको छ कि ? जाँच गरौँ ।

४. गाडीको ब्याट्रीको अवस्था जाँच गरौँ र यदि चार्ज नभएमा चार्जिङ स्टेशनमा लगेर चार्ज गरौँ ।

 ५. पावर स्टेरिङ पम्प, कन्टेनर र हाइड्रोलिक आयलको लेभल तथा लिकेज जाँच गरौँ ।

६. कुलेन्टको लेभललाई चेक गर्नुहोस् र यदि कम भएमा अधिकतम लेभलसम्म पुग्ने गरी थप गर्नुहोस् ।

७. रबर पाइप तथा होजहरुको अवस्था चेक गर्नुहोस् ।

८. टायरको अवस्था चेक गर्नुहोस् र सही टायर प्रेसरलाई कायम राख्नुहोस् ।

९. डीप स्टिकले इन्जिन आयलको लेभल चेक गरौँ र यदि कम भएमा थप गरौँ । इन्जिन आयलको लेभल चेक गर्दा गाडी समान सतहमा हुनुपर्छ ।

१०. गाडीको इन्जिन स्टार्ट गरी कुनै असामान्य आवाज छ कि चेक गरौँ । गाडी स्टार्ट गरेको केही समयसम्म आरपीएम बढाउनु हुँदैन तथा इन्जिन बन्द गर्ने बेलामा पनि आरपीएम बढाउनु हुँदैन । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया