मलेसिया, कतार, साइप्रस, बंगलादेश र कोरियाबाट नेपाली फर्कंदै

 असार ६, २०७७ शनिबार ८:१६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि आज ५ उडान हुने भएको छ ।

मलेसिया, कतार, साइप्रस, बंगलादेश र कोरियाबाट आज नेपालीहरु स्वदेश फर्कंदै छन् । साइप्रस मलेसिया र कतारको दोहाबाट नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भर्नेछन् भने बंगलादेशबाट हिमालय एअरलाइन्सले नेपालीलाई ल्याउनेछ ।

यस्तै आज कोरियाबाट पनि कोरियन एअरलाइन्समार्फत २२६ जना नेपालीहरु स्वदेश फर्कर्दैछन् । प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ । तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेकामध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेको गैरआवासीय नेपाली सङ्घ कोरियाका महासचिव विमल सुवेदीले बताउनुभयो ।

यात्रुले टिकट बापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वरेण्टीन र क्वरेण्टीन अवधि सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने बताइएको छ । यो जहाजमार्फत १६१ जना आजै कोरिया फर्कनेछन् ।

कोरियाबाट बिदामा आएका, साथमा भिसाको अवधि भएका र श्रम स्वीकृति भएका नेपालीहरु फर्कन लागेको इपीएस कोरिया शाखाले जनाएको छ । साउदीको दमामबाट हुने भनिएको हिमालय एअरलाइन्सको चार्टर्ड उडान भने रद्द भएको छ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया