यूएईबाट १६५ जना स्वदेश फर्कंदै, टिकट लिएका ३ जना विमानस्थल नै पुगेनन्

 असार ८, २०७७ सोमबार १३:४३:४४ | उमाकान्त पाण्डे

यूएई - यूएईको सारजाहबाट आज तेस्रो पटक एअर अरबियामार्फत नेपाली स्वदेश फर्कंदैछन् । स्थानीय समयअनुसार बिहान ११ बजेर १५ मिनेटमा तेस्रो उडान भरेको एअर अरबियामार्फत १६५ जना नेपाली स्वदेश फर्किएका आबुधावीमा रहेको नेपाली दुतावासले जनाएको छ । १६८ जनाले नेपाल फर्किन टिकट काटेका थिए । टिकट लिएर पनि विमानस्थल नआएका ३ जना आज नेपाल फर्किन पाएनन ।

टिकट काटेर पनि विमानस्थल नपुगेपछि एअरलाइन्स र दूतावासका प्रतिनिधिले सम्पर्कको प्रयास गरेको, तर सम्पर्क नभएपछि अन्तिम समयमा ती ३ वटा सिट खाली राखेर जहाज उडेको हो । टिकट लिएर विमानस्थल नपुग्नेहरुमा रामकुमार बुढा, भोलन लोप्चन, भूमि मगर रहेको एयर अरबियाले जनाएको छ ।

आज फर्कनेमध्ये ३१ महिला र १३४ जना पुरुष रहेको नेपाली दूतावास आबुधाबीकी उपनियोग प्रमुख तथा प्रवक्त्ता रीता धितालले जानकारी दिनुभयो ।फर्किने सबैको सारजाह विमानस्थलमा निःशुल्क कोरोना परीक्षण गरिएको थियो ।

नेपाल फर्किनेहरुलाई दूतावासकातर्फबाट तृतीय सचिब राम विनय यादव, जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलम र बिष्णु पौडेल विमानस्थल पुग्नुभएको थियो । त्यस्तै दुबई प्रशासनबाट अनुमति पाएको दू्रत उद्धार समूहबाट एनआरएनए यूएईका उपाध्यक्ष पाशाङ शेर्पा, कोषाध्यक्ष विकास शाही, र सुजन सापकोटा विमानस्थल पुग्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Bhuwan nepali

    June 22, 2020, 2:14 p.m.

    Dear respected sir.. This is bhuwan Nepali from dubai at visit visa . I sent many emails because I couldn't contact you through call . I didn't get any response from you.. Since 7 months I'm just surviving in dubai. I was planning to back home at 30 March . Because of lockdown I couldn't go back home. I request many time and I filled foam April but I didn't see my name in list.​ Sir to be honest with you I don't have room I'm staying at roof top of building whole day I'm just roming and at night I'm sleeping in roof .. My previous roommates they have job they still working ..they just filled foam but they don't want to go back country they are 2 in same room they have name selected but not me .. Because I don't have money no job no room it's so careless . At least if you have responded me I might do other way. I don't have any choice to do for live or food .. So please help help help help 🙏🙏🙏 I understand there's many peoples who is surviving like me ..but still who don't want to go back home who has job why priority for them ..why not us . If I have money at least 1000 aed ..I might not go back Nepal .. because I can survive in Dubai and I'm sure after 2/3 month everything going to be normal. . I'm crying because I don't have any relatives no money... And my grandma is hard sick. Please​ help me and response me . Your 1 help will save my life and my family's life . We will be so proud of you if you do that. . Sometime I ask food in Arabic homes . They helped me .. I don't have any choice to live here and only the way you can do something for me So please it's my big request please help me .. Thank you & best regards Bhuwan Nepali 0552762476

  •  0 Reply

तपाईको प्रतिक्रिया