रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न देशबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले विदेशमा रहेका नेपालीको स्वदेश फिर्तीका लागि ‘उद्धार उडान’ गर्दैछन् ।
जजीरा, कतार, कोरियनलगायत एअरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गर्ने जनाइएको छ । अष्ट्रेलिया, कतार, कुवेतलगायत देशबाट आज पनि नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कदैछन् ।आजमात्रै अन्तर्राष्ट्रिय नौ र आन्तरिकतर्फ आठ उडान हुने विमानस्थलले जनाएको छ ।
नेपाल एअरलाइन्सले अष्ट्रेलियाको सिड्नीबाट २७५ नेपाली काठमाण्डौ ल्याउँदैछ । गएराति सिड्नी उडेको नेपाल एअरलाइन्सको वाइड बडी जहाज उताबाट यात्रु भरेर काठमाण्डौका लागि उडिसकेको छ । एअरलाइन्सको अन्य देशबाट पनि उडान गर्ने तालिका छ ।
आज हिमालय एअरलाइन्सले दोहाबाट पहिलो चरणको दोस्रो उडानबाट १४५ नेपाली स्वदेश फर्केको कतारस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
कोभिड– १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपाली भएको दूतावासले उल्लेख गरेको छ । नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरुप पहिलो चरण अन्तर्गत दोस्रो उडानमार्फत दोहाबाट काठमाण्डौका लागि हिमालय एअरलाइन्सको उडानबाट १४५ नेपाली फर्किएको जनाएको छ । यी उडानमा एक गर्भवतीसहित ६१ महिला र ८४ पुरुष रहेको दूतावासले जनाएको छ ।
एयरलाइन्सले आज कुवेतबाट नेपालीको उद्धार उडान गरी काठमाण्डौ ल्याउने कार्यतालिका छ । चार दिनयता दैनिक १० वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सोमबार अन्तर्राष्ट्रियमा १० र आन्तरिकमा सात उडान भएका थिए ।
आइतबार दुबैगरी १६ र शनिबार १५ उडान भएको विमानस्थलले जनाएको छ । विदेशबाट नेपाली उद्धारका लागि बाक्लो सङ्ख्यामा चार्टर्ड उडान भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । यो प्रक्रिया जुन महिनाभर चल्नेछ ।
नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले जुन महिनाभरका लागि उडान तालिका सार्वजनिक गरिसकेका छन् भने विभिन्न देशबाट हुने उद्धार उडानको पनि तालिका बनेको छ । विभिन्न देशमा अलपत्र नेपाली ल्याउन नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज प्रयोग भएका छन् । सरकारले विभिन्न देशमा अलपत्र झण्डै ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एअरलाइन्सलाई उडान अनुमति दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।