शेयर बजारमा आज पनि ६ प्रतिशतको उछाल, तीन पटक सर्किट ब्रेक

 असार १७, २०७७ बुधबार १३:५१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्सेमा आज पनि उछाल आएको छ । हिजोजस्तै आज पनि तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको नेप्से ७५ दशमलव ७७ अङ्क ( ६ दशमलव १) प्रतिशतले बढेर १३ सय ३६ दशमलव ५२ बिन्दुमा पुगेको छ ।

बजार खुलेको १३ मिनेटमा चार प्रतिशतले बढेपछि पहिलाे पटक कारोबार बन्द भएको थियो, ४० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेको थियो । ४० मिनेटपछि फेरि खुलेको शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ ।

आज ४० करोड ७३ लाख रुपैयाँका ११ लाख एक हजार कित्ता शेयर किनबेच भएका छन् । आज होटल समूहबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ ।

आज सिटिजन बैंकका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् भने २७ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । तर नेशनल माइक्रोफाइन्स वित्तीय संस्थाका शयेरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् । 
 


 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया