१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – 'इनफ इज इनफ' का अभियन्ताहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् ।
पाटनमा अनसनरत युवाहरुको समर्थनमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन भएको हो ।
ललितपुरको पाटनमा ६ दिनदेखि युवाहरु अनसनमा बसेका छन् । शतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, सरकारले गरेका काम पारदर्शी हुनुपर्ने माग राख्दै युवाहरु आन्दोलित भएका हुन् ।
बुधबार प्रदर्शनमा सहभागी युवाहरुले ‘मन्त्रीज्यू के छ खबर ? हामी पारदर्शिता, जवाफदेहीता चाहन्छौँ, सरकार राहतको पैसाले पेट भर्ने, जनता भोक भोकै मर्ने’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले केहीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिशप्रसाद भट्ट, साधना राई, वृत्तान्त खनाललगायत १२ जना रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।