वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र युगान्डा...
फागुन २९, २०८१ बिहिबार
ललितपुर – ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । काठमाण्डौ–तराई फास्ट ट्र्याकको जेरो प्वाइन्ट मानिएको खोकनाको खुदोल फाँटमा साङ्केतिक रुपमा धान रोप्न पुगेका किसानलाई प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेर हटाएको छ ।
गएकाे असार १५ गते पनि साङ्केतिक रोपाइँको लागि पुगेका किसानलाई प्रहरीले हटाएपछि आज काठमाण्डौका विभिन्न ठाउँबाट समेत किसानहरु विरोधको लागि खोकना पुगेका थिए ।
आज रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो, काेदालोसहित खुदोल फाँटमा पुगेका किसानले प्रहरीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाएको हाे ।
सरकारले खुदोल फाँटलाई फास्ट ट्र्याकको जेरो प्वाइन्ट घोषणा गरेकाेले जग्गाको मुआब्जा लिन आउन किसानलाई आग्रह गरेको छ तर किसानहरुले फाँटमा फास्ट ट्र्याक बनाउँदा खोकनाको सभ्यता विनाश गर्न हुने भन्दै विरोध गर्दै आएका छन् ।
किसानहरुले संयुक्त रुपमा धान रोपाइँ गर्न थालेपछि बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि उनीहरुले नाराबाजी सुरु गरेका थिए ।
उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए । ‘फास्ट ट्र्याक चाँहिदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होउ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुङ्गामुढा प्रहार गरेपछि झडपको अवस्था आएको हो ।
बाहिरी चक्रपथ, काठमाण्डाै–तराई द्रुत मार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
narayan prasad regmi
July 4, 2020, 5:08 p.m.जग्गा जस्को भए पनि सरकारि निति अनुरुप नै बाझो जग्गामा रोपाई गरि बालबच्चा पाल्न र राष्ट्रिय उत्पादन मा बृद्दि गर्दा कसलाई क्षति पुग्छ र ? निस्सा प्रमाण बिना ब्यक्तिको जग्गा हुने नेपाल को कानुन छैन होला ? किन किसनलाई बर्बर लाठि र अश्रुग्यास बर्षाउनु पर्याहोला सरकार ले ! कठै हाम्रो कृषि प्रधान देश नेपाल ! जग्गा बाझो राखे कार्वाहि जोते लाठि र गोलि ! के भनौ र खै ।