पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
बझाङ – बझाङमा पहिरोमा पुरिएकाहरुकाे उद्धारकाे लागि गएको नेपाली सेनाको गाडी दुघर्टनामा परेको छ ।
१५ जना बोकेको सेनाको जीप केदारस्युँ गाउँपालिकाको वागथलामा दुघर्टना हुँदा तीन जना घाइते भएका छन् । पहिरो गएको ठाउँ केदारस्युँको मल्लेखी जाने बाटो निकै खराब रहेकाले उद्धारकर्मी पुग्न अफ्ठ्यारो भइरहेकाे छ ।
पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ । शव भेटिनेमा ४६ वर्षीया राममति देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र सात वर्षीया छोरी अस्मिता जेठारा रहेका छन् ।
त्यस्तै स्थानीय ८० वर्षीय दले जेठाराको पनि शव भेटिएकाे छ । पहिरोमा परि गिरिजा जेठारा, शान्ति जेठारा र शन्तु जेठारा बेपत्ता भएका छन् । एकैघरका चार जना बेपत्ता भएकोमा तीन जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।