च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – विभाजनतर्फ गइरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोगाउन भन्दै यु्वा नेताहरुले बुधबार पनि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् । उनीहरुले पछिल्लो पाँच दिनदेखि धुम्बाराहीमा धर्ना दिइरहेका छन् ।
सचिवालय र स्थायी कमिटीले विवाद मिलाउन नसकेको भन्दै यु्वा नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर अभियान पनि चलाइरहेका छन् । लामो सङ्घर्षपछि एक भएको कम्युनिस्ट पार्टी फेरि फुट्दा नेपालको कम्युनिस्ट आन्दोलन नै धरापमा पर्ने भएकाले खबरदारी स्वरुप धर्ना दिइएको नेता हिमाल शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
‘नीति र विधानअनुसार पार्टी अघि बढ्नुपर्छ, नेता प्रधान हुनु हुँदैन, विवादको समाधान पार्टीका बैठकबाट हुनुपर्छ । बाहिर भेला गर्दै हिँड्न नपाइने भएकाेले हामीले खबरदारी गरिरहेका छौँ’, नेता शर्माले भन्नुभयो ।
उहाँले सचिवालय र स्थायी कमिटीको बैठकले समाधान निकाल्न नसकेकोले अविलम्ब केन्द्रीय कमिटीको बैठक बोलाउन पनि माग गरिएको बताउनुभयो ।
बैठकको माग गर्दै आजसम्म एक सय जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । छिटै हस्ताक्षर शीर्ष नेतालाई बुझाएर ध्यानाकर्षण गराउने पनि नेता हिमाल शर्माले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।