विश्व स्वास्थ्य सङ्गठनमा जागिर लगाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ

 असार २४, २०७७ बुधबार १५:१९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासीका विजय पाण्डे पक्राउ परेका छन् ।

आफू विश्व स्वास्थ्य सङ्गठनको कर्मचारी भएको र जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ लिएर फरार रहेका नवलपरासीको सुस्ताका पाण्डेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।

उनले  चितवनकी अस्मिता अधिकारीसँग एक लाख ८२ हजार रुपैयाँ, चितवनकै निशानबाबुघिमिरेसँग तीन लाख ५० हजार रुपैयाँ लिएको तथा अरु ठगी गरेको भेटिएको अपराध महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया