एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
कास्की – गण्डकी प्रदेशमा बिहीबार २० जनामा कोरोनाकाे सङ्क्रमण देखिएकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हेटौँडा र भरतपुर अस्पतालमा भएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको हो ।
बिहीबार कोरोना पुष्टि हुनेमा पोखरा महानगरपालिकाका तीन पुरुष र एक महिला, गोरखामा एक पुरुष र एक महिला, तनहुँका एक पुरुष, बाग्लुङ र म्याग्दीका दुई/दुई पुरुष, लमजुङका पाँच पुरुष तथा नवलपरासीका चार पुरुष रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले बताउनुभयो ।
योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ४९ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन सय ८६ पुगेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म चार जनाकाे मृत्यु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।