यू–१९ महिला विश्वकप : अष्ट्रेलियाले स्कटल्याण्डलाई हरायो
माघ ५, २०८१ शनिबार
काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) लाई धन्यवाद दिएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोक्ने एमएसओको स्वतःस्फूर्त निर्णय जिम्मेवारीबोधको संज्ञा भएको जनाएको हो ।
मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय सञ्चारमाध्मयहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवा प्रदायकहरुले निर्णयलाई मन्त्रालय धन्यवाद व्यक्त गर्दछ ।’
साथै मन्त्रालयले आउँदा दिनमा प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्ने गराउने सन्दर्भमा सरोकारवालाबाट निरन्तर सहयोग प्राप्त हुनेमा विश्वास गरेको छ ।
पछिल्लो केही हप्तायता भारतीय न्युज च्यालनमा नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर भ्रामक र गलत सामग्री प्रसारण भइरहेको थियो । यसै सन्दर्भमा विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले बिहीबार साँझदेखि नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय गरेकाे थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।