च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा
फागुन २९, २०८१ बिहिबार
काठमाण्डौ – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घ( नेविसङ्घ) ले प्रदर्शन गरेको छ ।
लकडाउनकाे कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसङ्घले प्रदर्शन गरेको हो ।
नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गएको बुधबार नेविसङ्घले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि शुक्रबार फेरि मूल्यवृद्धि भएपछि नेविसङ्घ सडकमा उत्रिएको हो ।
दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महँगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसङ्घ अध्यक्ष राजीव ढुङ्गानाले बताउनुभयो ।
सरकारले अहिलेको अवस्थामा नियोजित ढङ्गले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको उहाँले बताउनुभयो । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ ।
बबरमहलमा भएको प्रदर्शनमा सहभागीहरुले ‘जनता मार्न पाइँदैन’, ‘भ्रष्टाचारी सरकार राजीनामा दे’, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’, सरकार तेरो पाराले, दुःख पाए साराले’ जस्ता नारा लगाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।