ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
जाजरकोट – जाजरकोटमा सुत्केरी हुँदा अत्याधिक रक्तश्रावका कारण एक महिलाको ज्यान भएको छ ।
हिजो साँझ जुनीचाँदे गाँउपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण ज्यान गएको हो । प्रसव पीडा भएपछि गाँउभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएको अवस्थामा ,गाँउलेलाई खबर गर्न लाग्दालाग्दै ज्यान गएको छिमेकीले जनाएका छन ।
‘बाहिर पानी परिरहेको थियो प्रसव पीडा शुरु भयो, उहाँले बच्चा त जन्माउनुभयो, तर अत्याधिक रक्तश्राव भएपछि घरमै ज्यान गएको हो’स्थानीय ज्योतिखर शर्माले बतानुभयो ।
उहाँका अनुसार बच्चाको अवस्था भने अहिलेसम्म सामान्य रहेको छ ।
अहिलेसम्म स्वास्थ्यर्र्मी पनि घरमा पुग्न सकेका छैनन् । गाउँपालिकाले यसबारे कुनै जानकारी नपाएको जनाएको छ । घरमा मोबाइल फोन समेत नभएका पुरी परिवारको छिमेकीसँग मोबाइल भए पनि नेटवर्क नटिप्ने भएकाले कसैलाई सम्पर्क गर्न नसकेको स्थानीयले बताएका छन् ।
दुई घण्टा पैदल डाँडामा गएर फोन गर्नुपर्ने बाध्यताले सुत्केरी स्याहार नभएरै जाजरकोटमा आमा बन्नेहरुले अनाहकमा ज्यान गुमाउदै आएको नागरिक अगुवा राजेन्द्रबिक्रम शाहको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।