उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – यातायात व्यवसायी राष्ट्रिय महासङ्घले तत्काल सार्वजनिक गाडी नचलाउने भएका छन् । यातायात सञ्चालनसम्बन्धी व्यवस्थित कार्यविधि नबनेसम्म गाडी नचलाउने महासङ्घले जनाएको छ ।
यातायात मजदुरको स्वास्थ्य सुरक्षा, कोरोना बीमा र गाडी रोक्ने निश्चित ठाँउलगायतको टुङ्गो नलागेसम्म गाडी नचलाउने महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
सरकारले गएकाे असार २६ गतेदेखि जिल्लाभित्र र काठमाण्डाैकाे हकमा उपत्यकाभित्र छोटा दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति दिएको थियो । तर यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरे पनि केही यातायातले भने सेवा दिन थालेका छन् ।
काठमाण्डौं उपत्यकामा साझा यातायात, मयूर यातायात, सुन्दर यातायात, केही माइक्रो र टेम्पु चलिरहेका छन् ।
चल्न थालेका गाडीमा सुरक्षा सतर्कता कस्ता छन् ?
सुन्दर यातायात
सिट क्षमताकाे आधामात्र यात्रु बाेक्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निणर्य गरे पनि सुन्दर यातायातले लकडाउन अगाडिकै भाडामा चार वटा बिजुली गाडी चलाइरहेको छ ।
गाडीमा सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । उहाँले सुन्दर यातायातमा चालक, सहचालकले आफ्नै कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वाशएबल ग्लब्स, मास्क लगाउने गरेकाे बताउनुभयो ।
गाडी चढ्नुअघि प्रत्येक यात्रुको तापक्रम जाँचिने छ भने मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन । त्यस्तै मास्क नलगाएका ६० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क मास्क वितरण भइरहेको छ । गाडीलाई दिनदिनै स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि स्प्रे गरिन्छ ।
मयूर यातायात
मयूर यातायात प्रालीले पनि काठमाण्डाै उपत्यकामा सेवा दिइरहेकाे छ । लामो समयदेखि ग्यारेजमा थन्किएको भएर सबै गाडी एकै पटक निकाल्न नसकिएको र ६ वटा बसबाट सेवा दिइरहेकाे कम्पनीले जनाएकाे छ ।
गाडीमा सरकारले निर्धारण गरेको मापदण्ड अपनाइएको मयूर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । चालकलाई पन्जा, मास्क, स्यानिटाइजर र सहचालकलाई फेसशिल्ड अनिवार्य गरिएको छ । यस्तै गाडीमा भाैतिक दुरी र यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।
साझा यातायात
साझा यातायातले यही साउन १ गतेदेखि काठमाण्डौं उपत्यकाका आठ रुटमा २६ वटा बस चलाइरहेको छ । यात्रु र गाडीका कर्मचारीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै साझा यातायातमा मापदण्ड बनाइएको यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँकाअनुसार यात्रुले अनिवार्य मास्क, पञ्जा र स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।
गाडी चढ्दा र ओर्लिँदा भाैतिक दुरी कायम गर्नुपर्छ । यस्तै सरकारले भनेजस्तै खुद्रा पैसाको व्यवस्था आफै गर्नुपर्ने र तोकिएको सिटमा बस्नेलगायतका नियम पालना गर्नु पर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।