प्रतिकूल मौसमका कारण विद्यालय शिक्षामा उच्च असर, २४ करोड २० ल...
माघ १२, २०८१ शनिबार
महोत्तरी - नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।
गएराति महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय पुरुषको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको अस्पतालले जनाएको छ ।
अस्पतालका औषधि विभाग प्रमुख प्राध्यापक डाक्टर सञ्जिवकुमार शर्माकाअनुसार गएको बिहीबार प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएका पुरुषको गएराति ज्यान गएको हो ।
कोरोनाका कारण ज्यान गुमाएका पुरुषको शव विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर राति नै गृह जिल्ला महोत्तरी पठाइएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर नितेश सापकोटाले जानकारी दिनुभयो ।
योसँगै प्रदेश २ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यसैगरी प्रदेश ५ मा १० जना, वाग्मती प्रदेशमा ९ जना, सुदूरपश्चिम प्रदेशमा ६, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ४ गरी ४१ जनाको ज्यान गएको छ ।
राति ज्यान गुमाएका पुरुषको बारेमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट र ३ लाख १२ हजार ४ सय २ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा १७ हजार ९ सय ९४ जनामा सङ्क्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये १२ हजार ४ सय ७७ जना निको भएका छन् भने ५ हजार ४ सय ७७ जना आइसोलेशनमा छन् । अझै पनि २१ हजार ७ सय ४ जना क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।