च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
सरकारले गणतन्त्र दिवसको अवसर पारेर तत्कालिन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीलाई थुनामुक्त गरेको छ । ११ औँ गणतन्त्र दिवसको अवसरमा चालचलन असल रहेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेलसहितलाई आममाफी दिनुभएको हो ।
यससँगै ढुंगेल डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
ढुंगेल ओखलढुँगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले दोषी ठहर गरी जन्मकैद भोगिरहेका ब्यक्ति हुन् । सोमबार राती बसेको मन्त्रीपरिषद बैठकले ढुंगेल सहित आममाफी पाउनेहरुको नाम अनुमोदन गरि राष्ट्रपतिसमक्ष अनुमोदनका लागि सिफारिस गरेको थियो । ढुंगेललाई थुनामुक्त गर्न नहुने भन्दै परेको रिटमा सर्वोच्च अदालतले यसबारेको सक्कल फाइल नै मगाएकै दिन सरकारले ढुँगेललाई माफी दिने निर्णय गरेको हो ।
व्यक्ति हत्याको अभियोग अदालतले पुष्टि गरेपछि ढुंगेलले आफूविरुद्ध फैसला गर्ने न्यायाधीशलाई भौतिक कारवाही गर्ने अभिव्यक्ति दिएका थिए । ललितपुरको सातदोबाटोमा लुकेर बसेका ढुंगेललाई प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोलीले गएको कात्तिक १४ गते फक्राउ गरेको थियो ।
द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्धको मुद्दामा द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालीन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।
कारागार व्यवस्था विभागले असल चालचलन भएको भन्दै ढुँगेललाई आम माफी दिन सरकार समक्ष सिफारिस गरेको खबर सार्वजनिक भएपछि अधिवक्ता दिनेश त्रिपाठीले गएको शुक्रबार सर्वोच्चमा त्यसलाई रोकी माग्दै रिट दायर गर्नुभएको थियो । सर्वोच्चले आइतबार त्यसबारे जानकारी दिन सरकारलाई आदेश दियो । सोमबार अदालतले त्यसको सक्कलै फाइल मगाउने निर्णय गर्दै तत्काल कुनै आदेश नगर्दा ढुंगेललाई माफी दिने निर्णय गर्न सरकारलाई सजिलो भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।