८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिलेसम्म समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको प्रमाणित नभएको बताएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले भाइरसको फैलावटको वर्गीकरणअनुसार विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई ठाउँ विशेषमा कोरोना केस भएको सूचीमा राखेको बताउनुभयो ।
यसबारेमा पालिकाहरुले थप खोज अनुसन्धानको काम गरिरहेकाे पनि उहाँले बताउनुभयो । तर प्रवक्ता गौतमले नेपालमा कोरोनाको जोखिम भने कायमै रहेको बताउनुभएको छ । उहाँले अहिले लकडाउन खुलेसँगै चहलपहल बढेको भए पनि हाम्रो जीवनशैली सामान्य हुने अवस्था नआइसकेकाे बताउनुभयो ।
कोरोना भाइरसकाे सङ्क्रमण थप फैलिन नदिन सबैले सतर्कता अपनाउनु पर्ने र कोरोनासँग मिल्ने कुनै लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान पनि उहाँले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।