८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ - बाढी र पहिरोलगायत विभिन्न कारणले अवरुद्ध भएका २३ सडकखण्ड अझै सञ्चालनमा आएका छैनन् । ४६ वटा सडकखण्ड भने एकतर्फी खुलाइएको छ । साँफेबगर-मार्तडी सडकखण्ड लामो समयदेखि बन्द छ ।
बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड खुल्न अझै समय लाग्ने सडक विभागले जनाएको छ । यस्तै पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड गएको असार २६ गतेदेखि अवरुद्ध भएको हो ।
यो सडकखण्डको अम्कोट-ताप्रीसेरा-घट्टेखोला लगायतका ठाउँमा पहिरो खसेको छ । यस्तै ठाउँ-ठाउँमा पहिरो खसेपछि अवरुद्ध महाकाली राजमार्ग अन्तर्गत सतबाँझ-दार्चुला सडकखण्ड पनि सञ्चालनमा आएको छैन । ठाउँ-ठाउँमा पहिरो खसेपछि अवरुद्ध कान्ति लोकपथ पनि खुलेको छैन् । बेशी शहर - चामे सडकखण्ड पनि बन्द नै छ ।
घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । पहिरोका कारण डुम्रे-बन्दीपुर सडकखण्ड पनि अवरुद्ध छ । रसुवागढी नाका जोड्ने सडक पनि ठप्प नै छ । बेनी-जोमसोम-कोरोला सडकखण्ड अन्तर्गतको नच्र्यागं-रुप्से-खहरेखोला-काइकुखोला-घासा-लेते सडकखण्ड अवरुद्ध छ । ठाउँ-ठाउँमा पहिरो खसेको र सडक भासिएकाले यी सडकखण्ड अवरुद्ध भएका सडक विभागले जनाएको छ । यस्तै पहिरोका कारण लेगुवा भोजपुर सडकखण्ड अवरुद्ध भएको छ ।
तीवारी भञ्ज्याङमा पहिरो खस्दा यो सडकखण्ड अवरुद्ध भएको हो । यस्तै कक्रहवा-रुदपुर-सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकखण्ड अवरुद्ध नै छ । विभिन्न ठाउँमा पहिरो खसेकाले यो सडकखण्ड अवरुद्ध भएको विभागले जनाएको छ । पहिरोका कारण काठमाण्डौ-सिस्नेरी-हेटौँडा सडकखण्ड पनि अवरुद्ध नै छ ।
इन्द्रसरोवर गाउँपालिका-३ मा पहिरो खसेकाले यो सडकखण्ड अवरुद्ध भएको हो । यस्तै धरानदेखि चतरा जाने सडकखण्डमा पनि गाडी चलेका छैनन् । धरान उपमहानगरपालिका-१७ खैरेनीमा पहिरो गएकाले यो सडकखण्डमा गाडी चल्न नसकेका हुन् ।
यो बाटो भएर चल्ने गाडीलाई बैकल्पिक बाटो भएर ओहोरदोहोर गर्न आग्रह गरिएको छ । पहिरोका कारण लामो समय अवरुद्ध भएको डुम्रे-बेशी शहर सडकखण्ड र अरनिको राजमार्ग अन्तर्गत जम्बु-झ्याले-डाकलांग र शिरिसे सडकखण्डमा अझै दुईतर्फी गाडी चल्न सकेका छैनन् ।
धेरै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएपछि पहिरो हटाउन नै पहल भइरहेको सडक विभागले जनाएको छ ।
कुन सडकखण्डको अवस्था कस्तो छ थाहा पाउन यहाँ हेर्नुहोस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।