हिमालय एअरलाइन्सद्वारा झापा र गुल्मीकाे अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

 साउन १४, २०७७ बुधबार १४:५६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिमालय एअरलाइन्सले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सहयाेग पुर्‍याउने उद्देश्यले झापा र गुल्मीकाे अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ । 

एअरलाइन्सले गएको हप्ता झापाकाे दमकमा रहेको आम्दा अस्पताललाई पोर्टेबल भेन्टिलेटर र अन्य स्वास्थ्य सामाग्री र कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) गुल्मीलाई पीसीआर उपकरण हस्तान्तरण गरेको हो । 

हिमालय एअरलाइन्सले पीसीआर (एनएई) ३२, आईसीटीओबी १६० उपकरण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्रीहरु ५१ हजार २०० थान डिस्पोजेबल मेडिकल मास्क, ६०६ थान मेडिकल फेस शिल्ड, ५७५ थान मेडिकल चस्मा प्रदान गरेको छ । यस्तै ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र ५००० जोर डिस्पोजेबल पन्जा कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) गुल्मीलाई प्रदान गरेको छ । 

स्वास्थ्य सामाग्रीहरु परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले संयुक्त रुपमा रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई हस्तान्तरण गर्नुभएको हो ।

हिमालय एअरलाइन्सका अध्यक्ष झोउ एन्योगले दमककाे आम्दा अस्पताललाई एक पोर्टेबल भेन्टिलेटरसहित ५०० थान आरडीटी किट, १०० थान पीपीई सेट, ५०० थान एन–९५ मास्क, २००० जोर सर्जिकल मास्क, ५००० जोर डिस्पोजेबल पन्जा र ५ इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गर्नुभएको हो ।

सरकारको कोभिड–१९ कोषमा एक करोड रुपैयाँ योगदानका साथै एअरलाइन्सले अहिलेसम्म १७७ टन अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु आपूर्ति गर्न २४ वटा चार्टर्ड उडान र कोभिड–१९ सँग सम्बन्धित सबै स्वास्थ्य सुरक्षा प्रोटोकलहरु अवलम्बन गर्दै विभिन्न देशमा रहेका १० हजार १४० जना नेपालीहरुलाई स्वदेश फिर्ता गर्न ६३ वटा उडान गरिसकेको छ ।

अहिले हिमालय एअरलाइन्ससँग चार वटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान छन्, जसले १० वटा गन्तव्यमा उडान गर्दै आइरहेकाे छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया