मस्कको स्टारलिंक ल्याउन भारतको जियो र एअरटेलबीच सम्झौता
फागुन २८, २०८१ बुधबार
काठमाण्डाै – गृह मन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडि प्रदर्शन भएकाे छ ।
सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय प्रवेश गर्न खोज्दा इनफ इज इनफका पाँच जना अभियन्ता पक्राउ परेका थिए । अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेका अभियन्ताहरुले पुलिस क्लब अगाडि धर्ना दिएका हुन् ।
पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसीलगायत छन् । प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएकाे छ । अभियन्ताहरुले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने भन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन् ।
गएकाे असार २३ गते अभियन्ताहरुले उठाउँदै आएका माग पूरा गर्ने सरकारले प्रतिबद्धता सरकारले जनाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।