मस्कको स्टारलिंक ल्याउन भारतको जियो र एअरटेलबीच सम्झौता
फागुन २८, २०८१ बुधबार
कञ्चनपुर – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टसहित आठ जना प्रहरीले सफाइ पाएका छन् ।
कञ्चनपुर जिल्ला अदालतले विष्टसहित डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकिन्द्रबहादुर खड्का, इन्सपेक्टर जगदीशप्रसाद भट्ट, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी, जवान चाँदनी साउदलाई सफाइ दिएको अदालतका श्रेस्तेदार यदुराज शर्माले जानकारी दिनुभयो ।
उनीहरुविरुद्ध निर्मला पन्तकी आमा दुर्गादेवीले उजुरी दिनुभएको थियो । तर प्रमण नष्ट गरेको कुनै प्रमाण नभेटिएकाले बिहीबार सफाइ दिएको शर्माले बताउनुभयो ।
२०७५ साल साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो तर अझै पनि दोषी पत्ता लागेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।