खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
भारत – भारतमा लगभग सबै क्षेत्रमा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा बढिरहँदा १० लाखभन्दा धेरै सङ्क्रमणपछि निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १० लाख २० हजारभन्दा धेरै कोरोना सङ्क्रमणपछि निको भएका हुन् । गएको अप्रिलमा सङ्क्रमणपछि निको हुने दर मात्र सात दशमलव ८५ प्रतिशत रहेकोमा बिहीबारसम्म बढेर ६४ दशमलव चार प्रतिशत पुगेको बीबीसीले जनाएको छ ।
भारत सरकारका स्वास्थ्य सचिव राजेश भूषणले बिहीबार यो जानकारी दिँदै डाक्टर, नर्स र अग्रपङ्क्तिमा खटिएका कर्मचारीको अथक प्रयासबाट यो सम्भव भएको बताएका छन् ।
यसैबीच भारतमा बिहीबार ५० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ, एकैदिनमा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ लाख नाघेको छ । ३५ हजारभन्दा धेरैको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।