च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डौ - नेपाली कांग्रेसमा विवाद बढ्दै गएको छ । पार्टीको १४ औं महाधिवेशनको मिति तोकिएपछि सभापति शेरबहादुर देउवाले आफूखुसी विभागहरू गठन गरेको भन्दै रामचन्द्र पौडेल समूहले विरोध गरेको छ ।
देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै पौडेल पक्षले लिखित ध्यानाकर्षण पत्र बुझाएको छ ।
पाँचबुँदे पत्रमा विधान विपरीत गठन भएका विभाग, क्रियाशील सदस्यतामा गरिएको मनोमानी, पार्टी एकतामा आएकालाई समायोजन गर्दा सदस्यतामा मनलाग्दी, पार्टीका आन्तरिक संरचनाको समायोजन, भ्रातृ संस्था सक्रिय हुन नसकेको जस्ता विषय उठाइएको छ । पौडेल पक्षको मुख्य आपत्ति भने विधान विपरीत गठन गरिएका विभागको विषयमा छ ।
यस्ता गतिविधि तत्काल रोकेर निष्पक्ष महाधिवेशनको बाटोमा अघि बढ्न पौडेल पक्षले पत्रमार्फत सभापतिको ध्यानाकर्षण गराएको हो । पौडेलसँगै महामन्त्री डाक्टर शशांक कोइराला, डाक्टर मीनेन्द्र रिजाल, जीवन परियारलगायतले बिहीबार पार्टी सभापति देवालाई भेटेर ध्यानाकर्षण बुझाएका हुन् ।
पार्टीको विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु १४ औँ महाधिवेशनको कार्यक्रम अगाडि बढिसकेपछि बनाउनु विधान उल्लङ्घन भएको पौडेल समूहको ठहर छ ।
आफूहरूले उठाएको मागमा सभापति गम्भीर नदेखिएपछि पौडेल समूहका नेताहरूले पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गरेका छन् ।
वरिष्ठ नेता पौडेलले आफूहरुको उठाएको विषय नीतिगत र पार्टीलाई लोकतान्त्रिक बनाउने मुद्दा रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।