विराटनगर महानगरमा लकडाउन

 साउन १७, २०७७ शनिबार ७:७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विराटनगर महानगरपालिकामा लकडाउन गरिएको छ ।

कोरोना सङ्क्रमण समुदायमा फैलिन नदिन गएराति १२ बजेदेखि नगरक्षेत्र भित्र लकडाउन लागू भएको हो । लकडाउनका बेलामा बजार र आवागमन पूर्णरूपमा रोक लगाइएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

खाद्यान्न, तरकारी तथा फलफूल, अस्पताल, औषधि पसल, एम्बुलेन्स, दूध, पानी, ग्यास, बारुणयन्त्र, एम्बुलेन्स, सञ्चार माध्यम लगाएतका अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ ।

महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को हिजो बसेको बैठकले नगर क्षेत्रमा कोरोना सङ्क्रमित बढेका भन्दै त्यसको नियन्त्रण एवं रोकथाम लागि साउन ३० गतेराति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी लकडाउन गर्ने निर्णय गरेको थियो । विराटनगरमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ७ पुगेको छ ।

अन्तिम अपडेट: फागुन २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया