चिनियाँ लगानीको एप्स 'टिकटक'लाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा

 साउन १७, २०७७ शनिबार १५:४०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको एप्स टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ ।

राष्ट्रपती ट्रम्पले आज राति नै टिकटकलाई प्रतिबन्ध लगाउने कार्यकारी घोषणामा हस्ताक्षर हुन सक्ने बताउनुभएको हो । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक विश्वमै सबैभन्दा धेरै रुचाइएको एप्स हो ।

हाल २ अर्ब पटक डाउनलोड भएको टिकटकका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । निर्माता बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन् ।

टिकटकले अमेरिकी नागरिकको गोप्य विवरण सङ्कलन गरेको हुन सक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरे पनि कम्पनीले भने अस्वीकार गर्दै आएको छ । कोरोना भाइरस र व्यापारको विषयमा भइरहेको चीन र अमेरिकाबीचको विवाद मोबाइल एप प्रतिबन्ध लगाउने अवस्थासम्म पुग्नुले दुई देश गम्भीर झगडामा रहेको प्रष्ट भएको विश्लेषकहरुले जनाएका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया