खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ - भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
गएको ३ गते कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा गएको २४ घण्टामा ५७ हजार १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको सङ्ख्या साढे १७ लाख नाघेको छ । त्यहाँ आज मात्रै २ हजारभन्दा धेरै काेराेना सङ्क्रमित थपिएका छन् ।
यस्तै ज्यान गुमाउनेको सङ्ख्या ३७ हजार नाघेको छ । भारतको कर्नाटकमा १ सय १० वर्षकी वृद्धा, कोरोना सङ्क्रमणपछि निको हुनुभएको छ । गएको सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएकी कर्नाटकको चित्रदुर्गकी १ सय १० वर्षकी वृद्धा निको भएपछि हिजो डिस्चार्ज गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच भारत सरकारले भेन्टिलेटर निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सहमति जनाउँदै भेन्टिलेटर निर्यातमा लागेको प्रतिबन्ध हटाउने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।