पालिका उपचुनाव : ३७ पदको नतिजा सार्वजनिक, अब ४ वटाको बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै – नेप्से परिसूचक आज झण्डै ४३ अंकले घटेको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन आज परिसुचक ४२ दशमलव ७८ अंकले घटेर १३ सय ९६ दशमलव २८ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
यस्तै आज क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव १८ अंकले घटेको छ । आज सबै समूहका उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको २८३ दशमलव ८ र निर्जीवन बीमा समूहको २३१ दशमलव ६६ अंकले घटेको हो । प्रतिशतको आधारमा सबैभन्दाम धेरै होटल समूहको उपसूचक ४ दशमलव ४९ अंकले घटेको छ ।
आज दिनभर १ अर्ब ८४ करोड १२ लाख रुपैयाँभन्दा धेरैका ४६ लाख ६१ हजार कित्ता सेयर किनबेच भएका छन् । नेपाल रिईन्स्योरेन्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै २२ करोड ६५ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । त्यस्तै आज नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।
आज आरम्भ सेन्चुरी लघुवित्त वित्तिय संस्था लिमिटेडले झण्डै १० प्रतिशत कमाए पनि जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत गुमाएका छन्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।